Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक/एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक/एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताएका छन् । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्ट्स मिट–२०७६’ को उद्घाटन कार्यक्रममा आज पोखरामा उनले देशको समृद्धिका लागि खेल क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भएकाले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) सभ्य र भव्य तरिकाले सम्पन्न भएको चर्चा गर्दै मन्त्री विश्वकर्माले सागमा प्राप्त उपलब्धिले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन आएको उल्लेख गरे । विद्यालयतहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि शिक्षण संस्थाहरुले शिक्षासँगै खेलकूदलाई समेत महत्व दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।
शारीरिक र मानसिक स्वास्थ्यसंगै खेलबाट इतिहास रचेर भविष्य स्थापित गर्न सकिने चर्चा गर्दै उनले भने, ‘खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य छैन भनेर पछुतो मान्ने दिन समाप्त भयो । अब खेलकूदमा नाम र दाम दुवै छ । खेलाडीको भविष्य उज्ज्वल छ ।’
पोखरा रङ्गशालामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले आगामी वर्ष पोखरामा नै आयोजना तय भएको नवौं राष्ट्रिय खेलकूदका लागि आवश्यक पौडीपोखरी लगायतका पूर्वाधार निर्माणका कामसमेत यसै वर्ष शुरु गरिने जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया