बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको हालै सम्पन्न ११ औं अधिवेशनबाट गिरिजा गैह्रेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।
गत आइतबार टोकियोमा भएको अधिवेशनले गैह्रेको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षद्वयमा अरुण पौडेल र हेमन्त गिरी, महिला उपाध्यक्षमा सुमित गिरी चयन भएका छन् भने महासचिवमा रविन शर्मा, सचिवमा ध्रुव बञ्जाडे, सहसचिवमा सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा मिनराज बाँस्तोला, दिपा घिमिरे, प्रकृति फुँयाल, संगिता कुँवर, शरद पोखरेल, के.वी. पारखी, मञ्जु गिरी वन, सुमन प्रतिविम्व, रमेश लामिछाने र अनिलकुमार निर्दोष चयन भएका छन् । निर्वाचन समितिका संयोजक बेलुकाजी थापाले सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

अनेसास जापानका अध्यक्ष दीप पाठकको सभापतित्वमा भएको अधिवेशन समारोहमा उपाध्यक्ष श्रवण सत्यालको स्वागत मन्तव्य रहेको थियो ।

संस्थापक अध्यक्ष एवं पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । रविन शर्माको सञ्चालन रहेको सो अधिवेशन समारोहमा दर्जनौं स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । ***

तपाईको प्रतिक्रिया