बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि–स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित हात पारेकी हुन्। साग खेलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल पौडीतर्फको पहिलो हो।

उनले भारतकी सुभांगी शर्मालाई पछि पार्दै नेपाललाई एतिहासिक स्वर्ण दिलाएकी हुन्। यसअघि नेपालले सागमै टिमको तर्फबाट स्वर्ण जिते पनि एकल पौडीमा स्वर्ण जितेको थिएन्। ऐतिहासिक रेकर्ड बनाउँदै गौरीकाले स्वर्ण जित्दा सुभांगीले रजत चित्त बुझाइन्।

तपाईको प्रतिक्रिया