काठमाडाैं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३-२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपालले पहिलो सेट १७-२५ ले गुमायो । दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो । नेपालले दोस्रो सेट २५-२३ ले जित्यो । तेस्रो सेटमा पनि नेपालले २५-२१ ले जितेर खेलमा २-१ को अग्रता लियो। चौथो सेटमा भारतले २५-२१ ले जितेर खेल २-२ को बराबरीमा ल्यायो ।
निर्णायक पाँचौ सेटमा भारतले १५-८ ले जित्दै स्वर्ण हात पार्यो । निकै नै रोमाञ्चक खेलमा पराजित भएपछि नेपाली खेलाडी भावुक बनेका थिए । स्वर्ण जित्न नसके पनि नेपालले जितेको रजत ऐतिहासिक हो । नेपालले सागमा पहिलो पटक रजत हात पारेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रकाशित समय: २१:५०:३९