आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २२ वटा स्वर्ण पदक जितेको छ । नेपालले मंगलबार तेक्वान्दोमा थप १ पदक हात पारेपछि पदकतालिकामा नेपालका २२ स्वर्ण पदक दर्ज भएका हुन् ।

नेपालका लागि तेक्वान्दोतर्फ महिला ४६ मुनिको तौल समूहमा काजल श्रेष्ठले २२ औं स्वर्ण पदक दिलाइन् । काजलले पाकिस्तानी खेलाडीलाई ५०-१४ अंकले पराजित गर्दै स्वर्ण पदक आफ्नो पक्षमा पारेकी हुन् ।

यससँगै नेपालले मंगलबार मात्रै ७ स्वर्ण पदक जितेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण पदक जितेको थियो ।

तपाईको प्रतिक्रिया