आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – जुम्लाको कालेखोलीमा रहेकाे एउटा ३ तले घरमा भीषण आगलागी भएको छ । आइतबार मध्याह्न १२ बजेतिर आगलागी सुरु भएकाे र दमकल जाने बाटो नभएकाले पुरै घर जलेर नष्ट भएको छ ।

 जलेको घर जुम्लाकाे चन्दननाथ नगरपालिका-२ का गोविन्द भण्डारीको भएको स्थानीय कर्ण भण्डारीले जानकारी दिनुभयो । आगलागी भइरहेको घरको अर्को तर्फबाट डोजरले बाटो बनाएर भर्खरै दमकल पुगेको छ भने नेपाली सेना, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् ।

आगलागी नियन्त्रणमा लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मानवीय क्षति भएको जानकारी नभए पनि घरमा भएका सामानहरु सम्पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया