आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

स्याङ्जा – समाजसेवामा सक्रिय रहेको खुमा अर्याल फाउन्डेशनले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटी पुतलीबजार नगरपालिका-१३ उपशाखा स्याङ्जासँगको सहकार्यमा रानीथुम्का आधारभूत विद्यालयमा विशेषज्ञ सेवासहितको निः शुल्क स्वास्थ शिविर सम्पन्न गरेको हो ।

स्वास्थ शिविर सञ्चालनमा आमा मिलन केन्द्र स्याङ्जाको समन्वय र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोग रहेको थियो । शिविरमा ५२४ जना बिरामीको परिक्षण गरिएको थियो । जसमा ८४ जनाले भिडियो एक्सरे र ३८ जनाले इसिजि सेवा लिएका थिए । शिविरमा मेडिसिन, हाडजोर्नी, आँखा र नाक कान घाटि रोग बिभागमा बढी बिरामीको उपस्थिति थियो । शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, बाल रोग, नाक कान घाटि रोग, दन्त रोग, आँखा रोग, सर्जरी, छाला तथा यौन रोग, प्रयोगशाला, भिडियो एकसरे, इसिजि, औषधि बितरण लगाएतका सेवा सम्बन्धि छुट्टाछुट्टै विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पुतलीबजार-१३ उपशाखा सभापति भागीरथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता समजसेवी तथा सफल व्यवसायी खुमाप्रसाद अर्यालले गरेका थिए । कार्यक्रममा फाउन्डेसनका सचिव तथा कार्यक्रमका संयोजक ध्रुव शर्माले कार्यक्रममा बोल्दै फाउन्डेशन र यस सस्थाले गर्ने समाजिक कार्यहरूका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले फाउन्डेशनले गर्ने कार्य विशुद्ध जनातामुखी हुने बताएको थिए ।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रबिन्द्र श्रेष्ठले जाच गराइएका बिरामीलाई थप अन्य थप उपचार गर्न परेमा गण्डकी मेडिकल कलेज पोखरामा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, पुतलीबजार नगरपालिका-१३ वडा अध्यक्ष ख्यामनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका मन्त्री दिनेश अर्याल, खुमा अर्याल फाउन्डेशन संरक्षक डाक्टर लुना शर्मा, फाउन्डेशन उपाध्यक्ष लेखनाथ शर्मा, आमा मिलन केन्द्र स्याङ्जाको अध्यक्ष सुनिता शर्मा गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टु माया घले, प्रिन्सिपल रबिन्द्र श्रेष्ठ लगाएत विशिष्ट वयक्तिको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया