सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् ।

राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

कतार एयरको उडानद्वारा नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार चेकिङको क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ ब्राजिलियन नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया