Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – गत आईतवार नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू-सेन्यु सङ्ग्रह “टुसाएको गगन” को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एवम् सेन्यु रहेका छन् । यस सङ्ग्रहमा बिष्णुबहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन सहरमा मदन पुरस्कार एवम् पद्माश्री पुरस्कार पुरस्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार ‘रनादी’, अप्सरा गिरी भारती, आभा भारती एवम् नेपाली अमेरिकन मैत्री संघका अध्यक्ष अबिमन पसछेंबाट बिमोचन भएको थियो ।
यस्तै काठमाडौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल एवम् बुनू लामिछाने, कवि एवम् समीक्षक डा. लेख निरौला, हाइकुकार कवि बिष्णुबहादुर सिंह तथा वडा-७ का वडाध्यक्ष सुद्धकुमार डंगोलले बिमोचन गर्नुभएको थियो ।

काठमाडौंको कार्यक्रम सञ्चालन तिलिस्मी प्रभासले काव्यिक शैलीमा गर्नुभएको थियो र बुनू लामिछानेले पनि काव्यिक शैलीको स्वागत मन्तव्य दिनु भएको थियो । यस पुस्तकका भूमिकाकार बिष्णुबहादुर सिंहले “‘टुसाएको गगन’ सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षेत्रमा गहकिलो योगदान” हो भन्नुभएको थियो । त्यस्तै डा. लेख निरौलाले यस पुस्तकको समीक्षात्मक मन्तव्य दिंदै, “सुत्रात्मक, मन्त्र जस्ता भान हुने बीम्बपूर्ण रसिला हाइकू यस पुस्तकमा रहेको र ति हाइकूहरुले देशको माया, बिकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक बिम्ब-प्रतीकका माध्यमबाट पस्केको छ” भन्नुभएको थियो । सभापति ठाकुर शर्माले “‘टुसाएको गगन’ को साश्वत पक्ष रहेको र दीर्घकालिन हाइकूहरु कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेको” कुरा औँल्याउनु भएको थियो ।

अमेरिकामा बिमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री संघको १५ औं साहित्य साँझ अन्तर्गत बिजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो । मित्र पौडेलद्वारा सञ्चालित त्यस कार्यक्रममा दर्शकदिर्घाबाट क्रमरहित भएर बिमोचनपूर्व हाइकूकारका मन परेका दस हाइकू दर्शकले वाचन गरेका थिए । कवि तथा साहित्यसेवी दिनार ‘रनादी’ले “हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अझै हाइकू लेखन खारिंदै जाने” कुरा प्रष्ट्याउनु भएको थियो । त्यसै कार्यक्रममा प्रमुख अतिथि नीलम कार्की निहारिकाले नेपाली साहित्याकाशको हिजो-आजमा प्रकाश पार्दै हाइजिन (हाइकूकार) लाई अन्य बिधामा पनि कलम चलाउन आग्रह गर्नुभएको थियो । उहाँले म्याडिसन सांच्चैनै नेपाली साहित्यको निमित्त उर्वर भूमि भएको कुरा पनि दोहोरयाउनु भएको थियो ।

नेपालको बिमोचन कार्यक्रममा मञ्चमा आसिन वरिष्ठ साहित्यकारसँगै कात्यायन, प्रध्युम्न जोशी, खगेन्द्र खोल्सघरे, विनयकुमार शर्मा नेपाल, रामप्रसाद पन्त, प्रमोद गिरी लगायत लगभग सयजना श्रोताहरु पनि उपस्थित हुनुहुन्थ्यो भने अमेरिकाको बिमोचन कार्यक्रममा पनि कृष्ण प्रधान, राजेन्द्र अर्याल, सिता अर्याल तथा नाफाका सबै पूर्व अध्यक्षहरु कृष्ण सिजापती, श्रीधर रानाभाट, अयोध्या बाटाजू, पूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायत लगभग सयजना साहित्यप्रेमी श्रोताहरूको बाक्लो उपस्थिति थियो । यस बिमोचन कार्यक्रमलाई ईनेपलिज डट कमले फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया