मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सीधा उडान थालेको छ । हिमालयन एयरलाइन्सको जहाज आइतवार बिहान ९ बजे ६० जना यात्रुलाई लिएर बेइजिङतर्फ उडेको हो ।

हिमालयन एयरलाइन्सका उपाध्य विजय श्रेष्ठका अनुसार एयरबस ३२० ले पहिलो पटक सीधा बेइजिङको उडान थालेको हो । पर्यटन मन्त्री योगेश भट्टराईले हिमालयन एयरलाइन्सले बेइजिङ उडान थालेपछि चिनियाँ पर्यटकलाई नेपाल आगमनमा सहज हुने प्रतिक्रिया दिए । ‘यसले नेपाल भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्‍ने छ’, उनले भने, ‘शुभकामनासहित हिमालयन  एयरलाइन्सलाई धन्यवाद दिन्छु ।’

हिमालयनले यसअघि दोहा, आबुधाबी, दम्माम, दोहासहितका क्षेत्रमा उडान भरिरहेको छ । सरकारी सेवा प्रदायक नेपाल वायु सेवा निगमले पनि बेइजिङ उडानको तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया