बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – बलिउड अभिनेत्री एवम् भारतीय जनता पार्टीकी लोकसभा सांसद हेमा मालिनीले राजनीतिबाट सन्न्यास लिने बताएकी छन् ।

उनको सौतेलो छोरा एवं अभिनेता सनी देवल पनि सांसद भएका छन् । यसपटक मथुरा क्षेत्रबाट लोकसेवा सदस्यमा जितेकी उनले यो आफ्नो अन्तिम कार्यकाल भएको बताएकी छन् । आफू अब बूढी भएको र स्वास्थ्यले पनि पूरा साथ नदिएका कारण राजनीतिबाट सन्न्यास लिएर आराम गर्न चाहेको यी अभिनेत्रीले बताएकी छन् ।

उनी भारतीय जनता पार्टीकी लोकसभा सांसद हुन् । उनले मथुरा क्षेत्रको विकासका लागि संधै समय दिने बताएकी छन् । उनले एक्कासि राजनीतिबाट सन्न्यास लिने घोषणाले भारतीय जनता पार्टीमा खैलाबैला मच्चिएको छ । उनले आउँदा दिनमा परिवारलाई समय दिनुका साथै फिल्ममा फर्कने बताएकी छन् । उनले पछिल्लो समय फिल्ममा पनि समय दिन थालेकी छन् ।

पति धर्मेन्द्र अहिले डेंगोले थलिएका छन् । पतिलाई समय दिनु परेकाले राजनीतिमा समय दिन नसकेको पनि उनले बताएकी छन् । अब परिवारलाई पनि समय दिनुपर्ने महसुस भएको यी अभिनेत्री सांसदको कथन छ ।***

तपाईको प्रतिक्रिया