Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो पुरस्कारका निम्ति योग्य प्रतिभाको छनौटका लागि गत सेप्टेम्बर ९ मा बसेको बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय सर्वोत्कृष्ट प्रतिभा छनौट समितिको गठन गरी सो कामको जिम्मा दिएको थियो । सो समितिले उक्त पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नाम सिफारिस गरेको हो ।

नेपाली भाषासाहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषासाहित्यको विस्तार, संवर्धन र संरक्षणमा विशेष योगदान दिनाका साथै नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरण गर्न वहाँले गरिरहनुभएको विशेष सक्रिय भूमिका एवं विशिष्ट योगदान तथा अनेसासको संस्थागत उन्नयन र विकासमा वहाँले विभिन्न रूपमा गर्नुभएको विशिष्ट भूमिका र योगदानको उच्च मूल्याङ्कन गरी वहाँलाई यस पटक यस पुरस्कारबाट पुरस्कृत गर्न सिफारिस गरेको कुरा सिफारिस समितिले उल्लेख गरेको छ । अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गर्नुभएको सो पुरस्कारको राशी हाल २५०० अमेरिकी डलर रहेको छ ।

यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशी २००० अमेरिकी डलर थियो । आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।

तपाईको प्रतिक्रिया