Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – वर्ल्ड हाइकु एसोसिएसनले सन् २०२० मा विश्व हाइकु सम्मेलन नेपालमा गर्ने निर्णय गरेको छ । वर्ड हाइकु एसोसिएनको जापानको टोकियोमा सम्पन्न १० औं विश्व सम्मेलनले आगामी वर्ष ११ औं विश्व सम्मेलन नेपालमा गर्ने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा सम्पन्न सम्मेलनमा १७ देशका हाइजिनहरु सम्मिलित थिए । सम्मेलनमा जापान, बेलायत, अमेरिका, इटली, फ्रान्स, हंगेरीसहित १७ देशका हाइजिनहरु उपस्थित थिए । सम्मेलनमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै बेलायतबाट कृष्ण बजगाईं र जापानबाट आलोेक चालिसे प्रकाश पौडेल ‘माइला’ सहभागी थिए ।

नेपालबाट हाइकु सम्मेलनमा भाग लिन पुगेका प्राध्यापक रामकुमार पाँडेका अनुसार नेपालमा हुने उक्त विश्व सम्मेलनमा विश्वभररी छरिएर रहेका चर्चित हाइजिनहरुको ११ औं सम्मेलन गरिनेछ । कार्यक्रमको जिम्मा पाँडे अध्यक्ष रहेको नेपाल हाइकु केन्द्रले लिएको छ । सम्मेलनबाट फर्किएका पाँडेले साहित्यको माध्यमबाट सरकारको भ्रमण वर्ष २०२० लाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका बताए । एसोसिएसनले नेपालका पाँडेलाई वर्ल्ड हाइकुको मानार्थ सदस्यता पनि प्रदान गरेको छ ।

१५ वर्षदेखि जापानमा बसोवास गरिरहेका प्रकाश पौडेल माइला वर्ल्ड हाइकु एशोसिएसनका केन्द्रीय कार्य समितका सदस्य पनि हुन् । उनकै प्रस्तावमा सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा गर्ने निर्णय भएको हो । जापानी साहित्यमा हाइकुको विशिष्ट स्थान छ । जापानमा हाइकु लेखनलाई सबैभन्दा गम्भीर विधा मानिन्छ । हाइजिनहरुले लेख्ने विषयलाई जापानी सरकार र जनताले गम्भीरतापूर्वक लिने गर्दछन् ।

तपाईको प्रतिक्रिया