सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टाेकियाे – जापानमा शनिबार आएको शक्तिशाली आँधी ‘ हागिबिस’ राजधानी टोकियोतिर अघि बढिरहेको छ । आँधीका कारण एक जनाको ज्यान गैसकेको छ । आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियाे ।

आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ भने भूस्खलनको आशंका पनि बढेको अधिकारीहरुले जनाएका छन् । निकै शक्तिशाली मानिएको आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल रद्द गर्नुपरेको थियो । एक हजार ६ सय बढी विमानहरुले पनि उडान गर्न पाएका थिएनन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ ।

चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ । यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै शनिबार चिवालाई केन्द्रविन्दु बनाइ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार ६ बजेर २२ मिनेटमा गएको जापान टाइम्सले जनाएको छ । त्यस भूकम्पबाट भने सुनामीको कुनै खतरा छैन ।

तपाईको प्रतिक्रिया