सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – एक जना जापानी व्यपारीको आठ लाख पर्ने घडी पेरिसको एक फाइभ स्टार होटेलबाहिर लुटिएको छ ।

सोमबार रातको करीब नौ बजे पेरिसको होटेल नेपोलियनबाहिर ती व्यापारीको घडी लुटियो थियो ।

पेरिस प्रहरीका प्रवक्ताका अनुसार चोरले ती व्यापारीसँग चुरोट माग्ने बाहना गर्दै नजिकिएका थिए । जब व्यापारीले चुरोट निकाल्दै आफ्नो हात खल्तीबाट झिके लगतै चोरले घडी खोसेर भागेका थिए ।

पेरिस प्रहरीका अनुसार घडीको नाम रिचार्ड मिल मोडलको टुरविलियन डाइमण्ड ट्वीस्टर हो । यो स्वीस घडीलाई हिराको घेराले सिंगारिएको हुन्छ । यसको बजार मूल्य ८,३०,००० अमेरिकी डलर रहेको छ ।

घडीको ठूलो मूल्यको कारण यो मुद्दालाई सामान्य चोरीको नभएर संगठित अपराध हेर्ने प्रहरीलाई जिम्मा दिइएको छ ।

 

तपाईको प्रतिक्रिया