Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सामान्यतया कुनैपनि कार्यालयका कामको चाप हुनुलाई सामान्य नै मानिन्छ । तर कामको चाप भन्दा पनि तनाव बढी छ भने चाँही बिचार गर्नुहोस् है । दिनहुँको तनाव तपाईंका लागि खतरनाक बन्न सक्छ ।

अमेरिकामा केही महिलामा गरिएको अध्ययन अध्ययन अनुसार कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम भेटिएको छ । तर जो दैनिक कामको तनावमा पर्छ उसहरुमा मोनोबोलिक सिन्ड्रोमको लक्षण बढी भेटिएको छ । मोनेबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ । किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।’ त्यसैले यो कुरा मनन गर्नुहोस् र आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् अनि तनाव कम गर्नुहोस् ।

अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ । कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धि लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ ।

तपाईको प्रतिक्रिया