Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – ७० वर्ष भन्दा माथिका सबै नागरिकले आन्तरिक उडानमा छुट नपाउने भएका छन् । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए तर वायुसेवा कम्पनीहरुले भने सबै नागरिकलाई मन्त्रीले भनेजस्तो छुट दिन नसकिने बताएका छन् ।

वायुसेवा सञ्चालक संघको विहीवार बसेको बैठकले आन्तरिक उडानका सबै यात्रुलाई नभएर विपन्न जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छुट दिन सकिने निर्णय गरेका छन् । उनीहरुले हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट लागू हुने गरि र ठूला विमानस्थलमा प्रतिदिन २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने भएका हुन् ।

साना विमान कम्पनीहरुले भने एक दिनमा एक जना विपन्न नागरिकलाई मात्र यस्तो छुट दिने भएका हुन् । बैठकले यस्तो छुट घटस्थापना दिनबाट मात्र दिने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया