Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ ।

केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ । यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ ।

डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ ।

१. कमजोरी हटाउँछ
यसमा भिटामिन सी हुन्छ । जसको कारण कमजोरी हट्छ र तागत मिल्छ ।

२ . दिमाग तेज
यसमा भिटामिन बी 6 हुन्छ, जसले दिमागलाई तेजिलो बनाउँछ ।

३. मुटू रोगको समस्याबाट छुटकारा
केरामा भएको पोटाशियमले मुटू रोगको समस्याबाट बचाउँछ ।

तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ। केहि रोगका मानिसहरुले केरा खानु भनेको विष खानु सरह हुन्छ ।
यस्ता समस्या भएको बिरामीले केरा खानुहुँदैन ।

१. मोटोपनको समस्या
यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।

२ .मांशपेशी कम्जोर हुन्छ
यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।

३ . ग्यास्ट्रिकको समस्या हुने व्यक्ती
ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।

४. टाउको दुख्ने रोग
यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ । एजेन्सी

तपाईको प्रतिक्रिया