Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – उपचारका नाममा पटकपटक मान्छे मार्ने चावहिलको ओम अस्पताल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारण जनतालाई अत्यन्तै महंगो शुल्क लिएर उपचार गराउने ओम अस्पतालले महिनामा एकजना मानिसलाई यसरी नै अकालमा मारिरहेको छ । हालैमात्र धादिङकी एक महिलाको पत्थरीको उपचारका क्रममा ज्यान गएको छ ।

धादिङको गंगा जमुना गाउँपालिकाकी २९ वर्षिय अनिता गुरुङको अस्पतालको गम्भीर लापरवाहीका कारण मृत्यु भएको बताईएको छ । शुक्रबार दिउँसो हाँस्दै आफै हिडेर अस्पताल पुगेकी गुरुङको चिकित्सकहरुले शनिबार पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए । शल्यक्रिया पछि गुरुङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकहरुले सामान्य अवस्था भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यू भएको उनका आफन्तले बताएका छन् । शल्यक्रियापछि स्वस्थ्य भएको भनिएको बिरामीको मृत्यू भएपछि आफन्तहरुले चिकित्सकको लापरबाहीले गुरुङको मृत्यू भएको आरोप लगाएका छन् । अस्पतालले भने गुरुङको मृत्यू लापरबाहीले नभई हर्ट अट्याकका कारण मृत्यू भएको दाबी गरेको छ । मृतकका आफन्त आन्दोलनमा उत्रिएका छन् । ओम अस्पतालमा केही महिना अघि पनि पत्थरीको शल्यक्रियाको क्रममा सिन्धुपाल्चोककी एक महिलाको मृत्यू भएको थियो । ओम अस्पतालमा उपचारको क्रममा चिकित्सकहरुको लापरबाहीका कारण हाल सम्म १९ जनाको ज्यान गएको आरोप लाग्दै आएको छ ।

सामान्य रोग लागेर गएपनि ज्यान नै जोखिममा पर्न थालेपछि अहिले अस्पतालमाथि अनेकौं प्रश्न उब्जिएको छ । जटिल बिरामी भएर उपचार गर्दागर्दै असफल भएर निधन हुनुभन्दा पनि डाक्टरहरुको हेलचेक्रयाँईले बिरामीको निधन हुने गरेको छ ।

उपचारमा हेलचेक्रयाँई गरेर निधन भएपछि पीडितलाई ठूलो रकम दिएर मिलाउने प्रचलन छ । अस्पतालले मानिसको जिवनलाई पैसासँग साटेको छ । यो अस्पतालमा महंगो शुल्कसमेत तिर्नुपरेको छ । सरकारी निकायले यसबारे चासो देखाएको छैन । मन्त्रालय र सरोकारवाला निकाय पनि सेटिङमा चल्ने गरेका छन् ।

लापरवाही गर्ने अस्पताललाई कुनै कारवाही नगरेका कारण अस्पतालले दैनिकजसो मानिसको जिवनमा खेलवाड गर्दै आएका छन् । यो अस्पतामा रवी लामिछानेका ससुरा उद्धब पौडेल सहित अरु धेरैको लगानी रहेको छ । अरुले सानो गल्ती गरेपनी खेदो खन्ने लामिछाने आफ्नो ससुराको अस्पतालले महिनैपिच्छे मान्छे मार्दा पनि चूँ समेत नबोलेको उनलाई आरोप लाग्ने गरेको छ । हाम्रो नेपाल नेटमा खवर छ । ***

तपाईको प्रतिक्रिया