Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंको पेटमा दुई वटा बच्चा छन् भन्ने थाहा भएको छ भने तपाईंको खुसी पक्कै दुई गुणाले बढेको हुनुपर्छ । तर, सामान्य गर्भवती हुनुभन्दा जुम्ल्याहा बच्चाको आमा हुँदा केही फरक हुन्छ । यसबारे ध्यान दिन चाहिँ जरुरी छ ।

स्त्री रोग विशेषज्ञहरुका अनुसार जुम्ल्याहा बच्चा पेटमा भए हरेक दिन ६ सय क्यालोरी बढी खानु पर्ने हुन्छ । यसो गर्न सकेको खण्डमा दुवै बच्चाहरुलाई आवश्यक पोषण पुग्छ ।

जुम्ल्याहा बच्चा गर्भमा भएको थाहा पाएपछि अल्ट्रासाउन्ड गराउनु पर्छ । अल्ट्रासाउन्डले दुवै बच्चाको विकास सामान्य गतिमा भएको छ कि छैन भन्ने जानकारी दिन्छ । त्यसैले यो महत्वपूर्ण हुन्छ ।

गर्भमा जुम्ल्याहा बच्चा भएमा विहानपख हुने मर्निङ सिकनेस पनि बढ्न सक्छ ।

त्यस्तै, गर्भमा जुम्ल्याहा बच्चा भएको खण्डमा ४० को ठाउँमा ३७ सातामा डेलिभरी हुनसक्ने पनि चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया