मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – दशैंमा नयाँ नोट आएका छन् । अर्को सातादेखि नयाँ नोट साट्न पाइने भएको छ । यस पटक ने नेपाल राष्ट्र बैंकले दशैंका लागि साट्ने नोटको सीमा घटाएको छ ।

यसवर्ष दशैंमा एक जनाले १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै साट्न पाइने व्यवस्था गरिएको छ । गत वर्ष दशैंमा प्रतिव्यक्ति दशैंमा २७ हजार रुपैयाँसम्म साट्न पाउने व्यवस्था थियो । यो वर्ष आठ हजार पाँच सय रुपैयाँ घटनाएको छ । गत वर्षको तुलनामा नोट सर्कुलेसन घटेका कारण दशैंमा वितरण गरिने नयाँ नोटको सीमा घटाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैैंकका अनुसार गत वर्षभन्दा चालु वर्ष दुई अर्बले नोट सर्कुलेसन घटेको छ ।

सर्वसाधारणले असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । एक जनाले ५, १०, २०, ५० र १०० रुपैयाँका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार पाँच सय रुपैयाँ बराबरका नोट साट्न पाउने छन् । काठमाडौंमा नेपाल बैंक लिमिटेडका शाखाहरु न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा साट्न सकिनेछ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु सिंहदरबारप्लाजा, सिहदरबार परिसर, टेकु, नयाँवानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा तथा कृषि विकास बैंक लिमिटेडका शाखाहरु गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा नयाँ नोट साट्न सकिनेछ । काठमाडौं उपत्यकाबाहिर पनि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसँगै अन्य बैंकका शाखाहरुबाट समेत नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

साटिएका नयाँ तथा सुकिला नोटलाई फोहोर बनाएको पाइए भने कारवाही गरिने भएको छ । नयाँ नोटमा रंग लागेमा अथवा कोरिएको भेटिएमा पाँच हजार जरिवानासहित ३ महिना जेल सजाय हुनसक्ने राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया