मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ। नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापा मगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो । शेर्पा दोलखाका स्थायी बासिन्दा हुन्। थापामगर काठमाडौं बस्थिन् । दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए ।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो । जापानी अध्यागमन सुरक्षा अधिकारीले शेर्पा र थापाम गरलाई बुधबार काठमाडौं ल्याएका हुन् । शेर्पा र थापामगरलाई थाइ एयरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

नेपालस्थित जापानी दूतावास र काठमाडौंसम्म ल्याउने जापानी सुरक्षा अधिकारीले शेर्पा र थापा मगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएका थिए।

नेपालस्थित जापानी दूतावासले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उनीहरूलाई निष्काशन गर्नुपर्ने स्पष्ट कारण खुलाएको छैन । यद्यपी, उनीहरू जापानमा ‘ओभर स्टे’ रहेकाले त्यहाँको अध्यागमनले पक्राउ गरेको हुन सक्ने स्रोतको दाबी छ। ***

तपाईको प्रतिक्रिया