Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपाली सेनाले ठूलो पुरस्कार राशिको लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाले राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक सैनिक सम्बन्ध, सैनिक कूटनीतिसँग सम्बन्धित लेखरचना इच्छुक लेखकहरुबाट मागेको हो ।

प्रतियोगितामा उत्कृष्ट १ जनाको लेखरचनाले २ लाख, दोस्रो स्थान पाउने एक जनाले १ लाख, तेस्रो स्थान प्राप्त गर्ने एक जनाले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने सेनाले जनाएको छ । त्यस्तै २७ जनालाई सान्त्वनास्वरुप १० हजार नगद प्रदान गरिने सेनाले जनाएको छ । उक्त लेखरचनाका लागि असोज १ देखि कात्तिक ३० सम्ममा प्रस्तावित शीर्षक बुझाउनुपर्ने र मंसिर १ देखि माघ १५ सम्ममा लेखरचना तयारी गरी इमेलमार्फत पठाउनुपर्नेछ ।

त्यस्तै लेखरचना राजनीतिनिरपेक्ष हुनुपर्ने, २ हजारदेखि २५ सय शब्दसम्ममा सक्नुपर्ने, अंग्रेजी वा नेपाली जुनसुकै भाषामा पनि लेख्न सकिने सेनाले जनाएको छ । हुबहु वा अन्य चोरीकार्यबाट आउने लेखरचनालाई सुरुवाती चरणबाटै हटाइने पनि सेनाले स्पष्ट पारेको छ । तर सन्दर्भस्रोत उल्लेख गर्न सकिनेछ ।lekh rachana sena

तपाईको प्रतिक्रिया