मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – नेपालका बालबालिकाले एउटा सुन्दर भिडियोमार्फत् ड्युक एण्ड डचेज अफ ससेक्स ह्यारी र मेगनका लागि मेसेज दिएका छन् । उक्त भिडियोलाई उनीहरुले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेका छन् ।

ससेक्स रोयल नामको इन्स्टाग्राम अकाउन्टमा यो भिडियो बुधबार सेयर गरिएको हो ।

नेपालका बालबालिकालाई सशक्तिकरण गरिरहेको ब्लिङ्क नाउ फाउन्डेशनले आफ्नो संस्थाबारे जानकारी दिन उक्त भिडियो बनाएको हो ।

सातजनाको समूहमा भएका बालबालिकाले भिडियोको सुरुवातमा ह्यारी र मेगनलाई नमस्कार भन्छन् । त्यसपछि अंग्रेजीमा आफ्नो ब्लिङ्क नाउबारे जानकारी दिन्छन् ।

उक्त भिडियोमा ती बालबालिकाले निकै उत्साहित भएर भन्छन्, ‘नमस्कार मेगन र ह्यारी । तपाईंहरुले फोर्स फर चेन्ज अभियानका लागि ब्लिङ्क नाउलाई चयन गर्नुभएकोमा हामी निकै आभारी छौं । तपाईंको सहयोगको हामी कदर गर्छौं ।’

त्यसपछि ती बालबालिकाले आफ्नो संस्थाको यात्रा गराउँदै संस्थाले के–के गर्छ भनेर जानकारी दिन्छन् ।

https://www.instagram.com/p/B1tjRJ5HITc/?utm_source=ig_web_button_share_sheet

तपाईको प्रतिक्रिया