Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलात्कारका दोषी क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ । काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो । वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर भएपछि आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

पटक-पटक पेश सर्दा लामिछानेले दिए पुनरावेदनमाथि सुनुवाई गर्दै दोषी भए जेल सजाय र निर्दोष भए विश्वकप खेल्न पठाउनुपर्ने माग नागरिकस्तरमा उठ्न थालेको छ।

तपाईको प्रतिक्रिया