मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला र यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ । सपनामा भै‌सी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन । सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ ।

गिद्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् । मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ ।

त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया