मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकतापछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी संगठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् ।
ललितपुरमा आज आयोजित दुई विद्यार्थी संगठन समायोजन कार्यक्रममा सर्वसम्मतिले श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरेको छ ।

संगठनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव, उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई र दीपेश यादव चयन भएका थिए ।

महासचिवमा बरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दंगाल छानिएका थिए । सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजिव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा तथा कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका थिए । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतले नव गठित कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए ।***

तपाईको प्रतिक्रिया