Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

पछिल्ला समयमा जापानका नेपाली संघसंस्थाहरुको कार्यक्रम लगभग एउटै प्रकृति र समान खालका हुन थालेका छन् । तात्कालिन समयमा संस्था खोल्नुको मुख्य उद्देश्य जे जे भए पनि पछिल्ला समयमा धेरैजसो संघसंस्थाहरु देखासिकीको भरमा आफ्ना गतिविधि गर्न थालेका छन् । विभिन्न उद्देश्य राखी नेपालबाट कलाकार ल्याएर साँगीतिक कार्यक्रम गर्ने, कार्यक्रम गरिसकेपछि लक्षित कार्य गर्नु त परै जाओस् महिनौ हुँदा पनि कार्यक्रमबाट भएको आय ब्ययको हिसाब सार्बजनिक नगर्ने प्रचलन बढ्दै गएको छ । साना ठूला जस्तोसुकै कार्यक्रमका लागि पनि आयोजकले व्यवसायीहरुबाट स्पोन्सर स्वरुप आर्थिक सहयोग जुटाउने गरिन्छ । व्यवसायीहरु पनि त्यसको दीर्घकालिन असरबारे कुनै विचारै नगरी निरन्तर सहयोग र प्रोत्साहित गरिरहने सँस्कार जापानको नेपाली समाजमा हुर्कदों छ । तत्कालका लागि देख्न र सुन्न सबैलाई राम्रो लागे पनि कालान्तरमा यसको नतिजा समाजमा सकारात्मक नै पर्छ भन्न सकिदैंन ।

जापान जस्तो मुलुकमा बस्दै गर्दा यहाँबाट सिक्न सकिने र लाभान्वित हुन सकिने कैयन बिषयहरु छन् । त्यस्ता समाजलाई चेतनामुलक सन्देश दिने खालका कार्यक्रमहरुमा यहाँका अधिकाँश संघसंस्थाको खासै ध्यान जान सकेको देखिदैंन । संघसंस्थाद्वारा गरिने प्रायः कार्यक्रमहरु मनोरञ्जनप्रधान हुने गरेका पाईन्छन् । ती मध्यमा पनि पिकनिकलाई उच्च प्राथमिकता दिन थालिएको छ । जापान जस्तो महत्वपूर्ण देशमा बसेर यहाँको महत्वपूर्ण समय र संस्थागत सामुहिक ऊर्जा रमाईलो र मनोरञ्जनमा मात्रै खर्च गर्न धेरैजसो संघसंस्थाहरु उद्यत देखिन्छन् । सम्बन्धित संघसंस्थाका जिम्मेवार अगुवाहरुको यसतर्फ अविलम्व ध्यान जान आवश्यक छ ।
नेपाली महिलाहरुको पर्व तीज नजिकिदैं छ । पिकनिक कार्यक्रम जस्तै तीज कार्यक्रम पनि जापानका नेपाली संघसंस्थाहरुका लागि फेशन जस्तै भईसकेको छ । सबैले एउटै प्रकृतिको कार्यक्रम गर्नैपर्छ भन्ने छैन । त्यसको सट्टामा समाजमा सकारात्मक सन्देश दिने खालका अन्य कुनै सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गर्न तिर यहाँका संघसंस्थाहरु डाइभर्ट हुन जरुरी छ ।

जापानमा नेपाली आत्महत्याका घटनाहरु बाक्लिदैं छन्, आकस्मिक मृत्युका घटना बढ्दो छ, विद्यार्थीका समस्या विकराल बन्दै गईरहेका छन्, स-साना त्रुटीमा पनि नेपालीहरु दिनहुँ डिपोर्ट भईरहेका छन्, घरेलु हिंसाका घटनाहरु बढ्दै छन्, विभिन्न समुह उपसमुहका नाममा आपसी झैंझगडा गरी प्रहरी हिरासतमा पर्ने गरेको समाचार जापानका राष्ट्रिय टेलिभिजनमा बाक्लिन थालेका छन् । यतातिर संघसंस्थाहरुबीच घनिभूत छलफल, बहस गरी न्यूनिकरणका लागि संभावित प्रयास थालिनु जरुरी छ । आवश्यक परामर्श र सहयोगका लागि जापानका सम्बन्धित निकायमा नेपाली समुदायको पहुँच र संवाद बढाईनु आवश्यक छ ।

व्यवसायको सवालमा पनि अध्ययन, अनुसन्धान गरी नयाँ नयाँ अवधारणाका नयाँ नयाँ व्यवसायिकताको क्षेत्र पत्ता लगाई अवलम्वन गर्नुको सट्टा अरुको देखासिकी र कपीपेष्ट गर्दै बिजनेशको दायरालाई संकुचित बनाईदैं छ । जापानसम्म आईपुगेर पनि हामी अरुसंग प्रतिस्पर्धा गर्नुपर्नेमा हाम्रै नेपाली दाजुभाइसंग प्रतिस्पर्धा गरिरहेका छौं, जसले गर्दा न अरुको, न आफ्नो व्यवसाय फस्टाउन दिएका छौं । यो खालको साँगुरो मानसिकताबाट पनि हामी नेपाली माथि उठ्नै पर्छ ।

हाम्रा ससाना बालबालिकाहरुको भविष्य र शिक्षाबारे अन्यौलता कायमै छ । उनीहरुलाई कहाँ पढाउने, के पढाउने हामीले आफै स्पष्ट धारणा बनाउन सक्दैनौं । उपलब्ध शैक्षिक संस्था पर्याप्त छैनन् । राष्ट्रिय स्वास्थ्य वीमा, सामाजिक सुरक्षा वीमा, जापान सरकारलाई तिर्नुपर्ने थरिथरिका करका बिषयमा हामीमा अझै स्पष्ट रुझान छैन । जापानमा बस्ने नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण यी र यस्ता दर्जनौ बिषयहरु यहाँका अधिकाँश संघसंस्थाहरुको एजेण्डा बन्न सकेका छैनन् । कतै हामी ’काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ त गरिरहेका छैनौं, ठण्डा दिमाखले सोच्ने बेला आएको छ ।***

तपाईको प्रतिक्रिया