Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – जापानको टोयोटा मोटर कर्पोरेसन (टोयोटा) र चीनको बीवाईडी कम्पनी लिमिटेडबीच विद्युतीय गाडी उत्पादनमा मिलेर काम गर्ने सम्झौता भएको छ । दुई चर्चित कम्पनीले ब्याट्री इलेक्ट्रिक सवारीसाधन (बीईभी) संयुक्त रुपमा उत्पादन र विकास गर्ने सम्झौता गरेका हुन् ।

२०२० को पूर्वार्धमै टोयोटा ब्रान्डअन्तर्गत चिनियाँ बजारमा उक्त गाडी ल्याइने बताइएको छ । खासगरी संयुक्त रूपमा सेडानहरू, एसयूभीको उत्पादन गरिनुका साथै ती सवारीसाधनका लागि ब्याट्री विकास गर्नेछन् । बीवाईडी सन् १९९५ मा ब्याट्री व्यवसायको रूपमा स्थापित गरिएको थियो । यो कम्पनीले विद्युतीय सवारीसाधन मात्र नभई अन्य उत्पादनहरू ठूलो आकारको ऊर्जा भण्डारण कोशिकाको समेत निर्माण गरेको छ ।

बिल्ड योर ड्रिम्स अर्थात् सपना साकार बनाउनुहोस् भन्ने अर्थमा बीवाईडी कम्पनीको नामकरण गरिएको हो । विद्युतीय सवारीसाधनका लागि नभई नहुने गाडीका पार्टपुर्जा यसले उत्पादन गर्दै आएको छ । ब्याट्री, मोटर, पावर इलेक्ट्रोनिक्सजस्ता वस्तुको उत्पादन कम्पनीले गरिरहेको छ । सन् २००८ मा बीवाईडी प्लगइन हाइब्रिड इलेक्ट्रिफाईड सवारी साधन (पीएचईभी)को व्यापक उत्पादन बेच्ने विश्वको पहिलो कम्पनी बन्न पुगेको थियो । सन् २०१५ पछि बीवाईडीको बीइभीएस र पीएचइभीएसको बिक्री लगातार चार वर्षको लागि विश्वमा पहिलो स्थानमा रहेको छ ।

त्यस्तै सन् १९९७ मा टोयोटा हाइब्रिड इलेक्ट्रिफाइड भेहिकल (एचईभी)को धेरै उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बन्न पुगेको थियो । त्यसयता विद्युतीय सवारीसाधन विकासमा टोयोटा यसक्षेत्रकै अग्रणी कम्पनी बन्दै आएको छ । टोयोटासँग यस प्रकारका सवारीसाधनको विकास, अनुभव र उत्पादनको लामो इतिहास छ । विश्वमा बढिरहेको तापक्रम घटाउन दुवै कम्पनीले कार्बनडाइअक्साइड उत्सर्जन घटाउन बीईभी सवारीसाधन प्रयोग विश्वमा बढाउने सहमति समेत गरेका छन् । ग्राहकको आकर्षण बढाउने गरी बीईभीको उत्पादन र विकास गरिने दुवै कम्पनीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया