सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं –  उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली विहीबार डिस्चार्ज भई शुक्रबार साँझ ८ बजे नेपाल फर्कने छन् ।

प्रधानमन्त्रीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत गएका थिए ।

तपाईको प्रतिक्रिया