सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले नापोलिमाथि जीत हात पारेको छ । प्रि–सिजन अघिको बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले पराजित गरेको हो ।

नियमित कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सी टिममा नरहेको खेलमा बार्सिलोनाका लागि सर्जियो बुस्केट र इभान राकिटिकले समान एक–एक गोल गरे ।

हार्ड रक स्टेडियममा बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो भने खेलको ४२ औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि नापोली खेलमा फर्किएको थियो । यस्तै, पहिलो हाफमा १–१ गोल बराबरी खेलेको बार्सिलोनाका लागि खेलको ७९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए ।

पछि नापोलीले गोल गर्न नसक्दा बार्सिलोना २–१ गोलले विजयी भयो । बार्सिलोनाका कप्तान मेस्सी पिडुलाको चोटका कारण अमेरिका भ्रमणमा रहेका छैनन् ।

तपाईको प्रतिक्रिया