सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – अष्ट्रेलियालीको पर्यटकहरू आफ्नो अर्को विदामा कुन ठाउँ जान चाहन्छन् भनेर गरिएको तथ्याङ्क विश्लेषणमा काठमाडौं तेस्रो स्थानमा आएको छ। कायाक डट कम डट एयुका प्रयोगकर्ताले एसियाली र मध्यपूर्वका स्थानहरू बढी खोजेका छन्।

काठमाडौं तेस्रो स्थानमा आएको उक्त सूचीको पहिलोमा भारतको अहमदाबाद छ, जहाँ महात्मा गान्धीको घर औसाबरमती आश्रमओ छ। दोस्रोमा पाकिस्तानको लाहोर छ। भारतीय गन्तव्यको खोजी बढेको अष्ट्रेलियाको ट्राभल विक्ली डट कम डट एयुले जनाएको छ।

काठमाडौंपछि सूचीमा कोची (भारत), कराँची (पाकिस्तान), टोकियो (जापान), दुबई (युएई), बेरूत (लेबनान) आदि छन्। १५ गन्तव्यको उक्त सूचीमा एसियाबाहिरको जोहान्सबर्ग (दक्षिण अफ्रीका) मात्र छ।

तपाईको प्रतिक्रिया