Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सुनको मूल्य बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ । हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिन आइतबार ६६ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको सुन त्यस यता तीन दिनमा तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको  हो । बुधबार छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको प्रभाव नेपालमा पनि परेको छ । अर्कातिर अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरुको भनाई छ ।

त्यसैगरी कश्मीर मुद्दामा भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत हुँदा सुनको भाउ महँगो भएको हो ।  बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतिऔँस १४ सय ८६ डलर पुगेको हो ।

तपाईको प्रतिक्रिया