Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापाको दमकमा ६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । एक चिनियाँ कम्पनीले पार्क बनाउन गरेको प्रस्तावलाई लगानी बोर्डले स्वीकृती दिएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पार्क निर्माणका लागि चिनियाँ कम्पनीलाई डिपिआर तयार पार्न स्वीकृती दिएको जानकारी दिए ।  लगानी बोर्डको बैठककले उक्त प्रस्ताव अगाडि बढाउने निर्णय गरेको हो । चीनको ल्हासामा रहेको कम्पनीबाट उक्त प्रस्ताव आएको अधिकारीले बताएपनि कम्पनीको नाम भने खुलाएनन् ।

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले तमोर जलाशाय युक्त आयोजनाका लागि प्राप्त पाँच मध्ये २ प्रस्तावलाई उपयुक्त ठहर गरेको छ । एक चिनियाँ र अर्को जापान र कतारको संयुक्त कम्पनीलाई आयोजना निर्माणबारे विस्तृत प्रतिवेदन बुझाउन बोर्डले समय दिएको छ । अधिकारीले २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्न समय दिइएको बताए ।

दुई मध्ये एकलाई आयोजना जिम्मा दिने तयारी बोर्डले गरेको हो ।  लगानी बोर्डले विराटनगर, जनकपुरमा लजिस्टिक पार्क बनाउने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया