Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारी विक्रेता हुलासचन्द्र एन्ड कम्पनीले नेपालमा १० वटा मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको जनाएको छ ।

नाडा एसोसिएसन अफ नेपालले प्रत्येक चार महिनामा निकाल्ने सवारी साधनको मूल्य सूचीमा कम्पनीले पहिलो पटक नेपालमा उत्पादन भएका मोटरसाइकलहरुको सूची सार्वजनिक गरेको हो । बजाजले तीन वर्ष अघिदेखि नै मोटरसाइकलको उत्पादन नेपालमा सुरु गर्ने बताएको थियो । तर, बजाजले गत वर्षदेखि मात्रै उत्पादनमा जोड दिन थालेको हो ।

कम्पनीले पछिल्लो समय नेपालमा १० वटा मोडलका मोटरसाइकल उत्पादन गरेर विक्री गरिरहेको जनाएको छ । गोल्छा अर्गनाइजेसनको हुलास अटो क्राप्टले उत्पादन गर्दै आएको छ ।  कम्पनीले उत्पादन गर्दै आएका मोटरसाइकलको मूल्य भने १ लाख ६४ हजार ९ सय रुपैयाँदेखि ३ लाख १९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ। कम्पनीले १  सय २ सीसी क्षमताको बजाज प्लाटिनाको उत्पादन गर्दै आएको छ । जसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीले बजाज डिस्कभर ड्रम, डिस्कभर डिक्स, डिस्कभर स्मार्ट, बजाज पल्सर १५०,  पल्सर १५० टिडी, पल्सर १६० एनएस, पल्सर १८०, पल्सर २०० एनएस, पल्सर २२० एफ र पल्सर २२० एफ मोटरसाइकल नेपालमै उत्पादन गर्दै आएको जनाएको छ ।

हेर्नुस् कुन मोटरसाइकलको मूल्य कति छ ?

तपाईको प्रतिक्रिया