Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषका लागि दुइटा संस्थाले २५ लाख रुपैंया प्रदान गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र  व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।

राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका नागरिकलाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरे । ‘प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरूलाई हार्दिक धन्यवाद छ ।’

राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियनको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताए । ‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन् ।’ अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ति प्रतिवद्ध रहेको उल्लेख गरे । सरकारको यस अभियानलाई साथ दिन कर्मचारीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरे । ‘सरकारका हातखुट्टा भनेका कर्मचारी नै हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।’

तपाईको प्रतिक्रिया