Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो – गत शनिवार एकाबिहानै साहित्यकारहरुको एक हुल मान्छेहरु बोकेको बस टोकियोको शिन्जुकुबाट ओसाकाका लागि छुट्यो । बसमा सवार उनीहरुबीच औपचारिक परिचयसंगै माहौल एकाएक साँगीतिक माहौलमा प्रवेश गरेपछि दोहोरीको रस्साकस्सी र लोकभाकाहरुले बसभित्र एकाएक फरक रौनकता छायो । संयोगले टोलीमा नेपालबाट साँगीतिक भ्रमणका लागि जापान आएका लोक तथा दोहोरी गायिकाद्वय शान्ति परियार र मनु रोका मगर पनि सम्मिलित थिए । संयोगले जुरेको भएता पनि गायिकद्वयसंग रविन शर्माको दोहोरीको भिडन्त सुनियोजित जस्तै अपेक्षा गरेभन्दा रोचक बन्न पुग्यो । ठाउँ ठाउँमा केहीबेर विश्राम लिदैं टोली निर्धारित समयभन्दा केही अगावै गन्तब्यमा पुग्यो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाले आदिकवी भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा ओसाकाको साहित्यिक यात्रा तय गरेको हो । ओसाका पुगे लगत्तै सुरु भएको भानुजयन्ती समारोहमा आदिकवि भानुभक्त आचार्यको तस्विरमा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरियो । राष्ट्रियगानसंगै सुरु भएको समारोहमा करीव तीन दर्जन स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए भने बोल्ने वक्ताहरुले नेपाली भाषा र साहित्यको बिकास एवं श्रीवृद्धिमा भानुको योगदान एवं उनको जीवनी बारे चर्चा गरेका थिए । रचना वाचन गर्नेहरुमा बेलुकाजी थापा, श्रवण सत्याल, दिपा घिमिरे, अरुण पौड्याल, आनन्द ढुंगाना, दीप पाठक, रमेश लामिछाने, विष्णुप्रसाद घिमिरे, रविन शर्मा, संगिता कुँवर, पुष्करजंग थापा, आलोक चालिसे, राजु लक्षित, गिरिजा गैरे, रामेश्वर तिवारी, सुवास राई, सनद पौडेल, धिषण निरौला, प्रतिविम्व सुमन, कृष्ण सुबेदी, सबिन पोखरेल, एकदेव पाण्डे, प्रकाश पौडेल ’माइला’ लगायतका रहेका थिए । उनीहरुको सिर्जनामा मुलतः माटोको माया, नेपाली भाषा र साहित्यप्रतिको समर्पण भाव, प्रेम, विछोड, देश दुखेको पीडा, नेपाली राजनीतिले देखाएका निराशाका बाछिटा, रहरभित्र गुम्सिएका प्रवासका कहर जस्ता आशय एवं अभिब्यक्ति छचल्किएका थिए । सर्जकहरुले सिर्जना वाचन गरिरहँदा दर्शकदीर्घामा कहिले सन्नाटा छाउँथ्यो भने कतिखेर उद्वेलित त, कतिखेर जीवनको सबैभन्दा उर्जाशील समय अर्थात बूढ्यौली लागेका बाबुआमाको सेवा गर्ने बेलामा आफ्नो माटोबाट अलग्गिएर टाढिनु परेकोमा आत्माग्लानीको बोध गराउँदथ्यो । साहित्यमा अन्तर्निहित अदम्य शक्ति र खास रसस्वादनको महत्व बारे समग्रमा सिंगो साहित्ययात्राले गतिलो खुराक पस्केको धेरैलाई अनुभूत गराएको थियो ।

अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्वमा भएको सो भानुजयन्ती समारोहमा कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश) ले स्वागत मन्तब्य राखेका थिए । यसैगरी विशेष अतिथिकारुपमा बोल्दै गण्डकी प्रदेशका माननीय प्रकाश दवाडीले जापानमा सिकेका राम्रा पक्षहरुलाई नेपालमा कार्यान्वयन गर्न आफु राजनीतिमा होमिएको विचार ब्यक्त गरेका थिए । उनले राजनीतिलाई पेशा बनाउने विद्यमान नेपाली सँस्कारमा सुधार गर्न आफु निरन्तर लडिरहने बताए । नेपाली काँग्रेसका युवा नेता समेत रहेका दवाडीले जापानमा अध्ययनरत विदेशी विद्यार्थी तथा डिपेन्डेन्टहरुले २८ घण्टा भन्दा बढि काम गर्न नमिल्ने प्रावधानलाई सच्याउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन जिम्मेवार नेपाली संघसंस्थाहरुले पहल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको अन्तमा, भानु जयन्ती-२०१९ मुल समारोहका तर्फबाट रमशेबाबु घिमिरेले धन्यबाद ज्ञापन गरेका थिए भने सभाध्यक्ष पाठकले साहित्यिक यात्रासहितको भानु जयन्ती कार्यक्रम ओसाका सहरमा सम्पन्न गर्न संभव तुल्याउने सम्बन्धित सबैमा धन्यबाद ब्यक्त गरेका थिए । समापन मन्तब्य राख्दै उनले भने – ओसाकासम्मको साहित्यिक यात्रा सहितको भानुजयन्ती कार्यक्रमले अनेसासको नेपाली भाषा र साहित्यको बिस्तार अभियानमा थप उचाइ हासिल भएको र यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन अनेसास जापान प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । समारोहमा पुरुषोत्तम लामिछानेको कुशल उदघोषणले ओसाका पुगेका टोकियोका सहभागीहरुलाई फरक स्वादको महशुस गराएको थियो । औपचारिक समारोह समापन लगत्तै ओसाकाबासी नेपालीहरुको न्यानो आतिथ्यतामा त्यहाँ रहेको जिग्री भोजनालयमा सुरु भएको सामुहिक रात्रीभोजसंगै साँगीतिक माहौलमा सहभागीहरु झुमेका थिए ।

भोलिपल्ट आइतवार बिहानै ओसाकाबाट टोकियोका लागि बस रमाना भयो । बाटामा पर्ने किन्काकुजी टेम्पल, क्योमीजुदेरा, फुसिमी इनारी लगायतका जापानका ऐतिहासिक एवं विश्व सम्पदाको सूचीमा रहेका प्रसिद्ध पर्यटकीय स्थलहरुको अवलोकन गर्दै यात्रा अगाडि बढ्दै थियो । बसमा सवार यात्रुहरु सबै अत्यन्तै उत्साहित देखिन्थे । क्योटोमा अवस्थित गोल्डेन टेम्पल लगायत अवलोकन गरिएका अन्य पर्यटकीय स्थलहरुका दृश्यलाई क्यामेरामा कैद गर्दै यात्रा गन्तब्य तर्फ अगाडि बढ्दै गर्दा यात्रामा विविध साहित्यिक खुराक, हास्यब्यङ्ग्य, ठट्यौली भजन, क्यारिकेचर, दोहोरी, वैवाहिक जोडिका प्रेम प्रसंग जस्ता रमाइला गफले यात्रा अझ रमाईलो बनिरहेको थियो ।

सिंगो यात्राभर साहित्यिक खुराकका अतिरिक्त यात्रालाई थप विशेष बनाउन रविन शर्माको लोभलाग्दो सक्रियता, पुष्करजंग थापाको यात्रा सम्बन्धि चाँजोपाँजो, बेलुकाजी थापा, आलोक चालिसे, गिरिजा गैरै, श्रवण सत्याल, विष्णुपसाद घिमिरे, धिषण निरौला, गणेशजंग रायमाझी लगायतको अनुगमनकारी भूमिका, भूमिका पौडेल र कामना भण्डारीको समोसा, जेरी लगायतका स्वादिष्ट परिकारको व्यवस्थापन, यात्राका अविष्मरणीय क्षणहरुका श्रब्यदृश्यलाई कैद गर्न निरन्तर खटन पटनमा संगिता कुँवर, ओसाकामा न्यानो आतिथ्यता एवं समारोह समायोजनमा नरेन्द्र बस्नेत, रमेशबाबु घिमिरे, मनोरञ्जनात्मक साँगीतिक माहौल बनाउनमा गायिकाद्वय शान्ति परियार र मनु रोका मगरको सहभागिता, सिंगो कार्यक्रमको ब्यवस्थापन एवं समन्वयकारी क्याप्टेनको भूमिकामा दीप पाठक, सहायक क्याप्टेनका भूमिकामा अरुण पौडेल र समग्र प्याकेज कार्यक्रमको अभिभावकीय भूमिकामा प्रकाश पौडेल ’माइला’ को भूमिका सह्रानीय रह्यो । सिंगो यात्राको समीक्षात्मक अन्तरक्रिया गर्दै यात्राको प्रस्थानबिन्दु शिन्जुकुमा आएर बस रोकिएको धेरैलाई पत्तै भएन । त्यसपछि भने करीव ४० घण्टा संगै यात्रा गरेको एउटा परिवारका सदस्यहरु विदाइको हात हल्लाउँदै अमिलो मन बनाउदै आ-आफ्ना निजी गन्तब्यतर्फ लागेका थिए ।

साहित्यिक यात्राको सारमा अनेसास जापानको उचाइमा अर्को इटा थप्ने काम त जरुर भएको छ संगसंगै अर्को चुनौति पनि थपिएको छ । निकट भविष्यमा यो भन्दा अझ स्तरिय र थप प्रभावकारी कार्यक्रम पाइपलाइनमा राखिनुपर्ने अप्रत्यक्ष दवाव अनेसासमाथि परेको अनुभूती गराएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया