Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – भेनिसदेखि स्यानफ्रयानसिस्कोको गोल्डेन गेट ब्रिजसम्म जापानी वृद्धहरु एकैठाउँ बसेर विश्वका विभिन्न स्थान घुमिरहेका छन् । यो सबै भर्चुअल रियालिटी, भीआरले सम्भव पारिदिएको छ । शारीरिक रुपमा कमजोर वृद्धहरुलाई भ्रमणको आभास गराउन युनिभर्सिटी अफ टोकियोको एउटा समुहले आधुृनिक प्रविधिको प्रयोग गरिरहेको छ जस मार्फत उनीहरुले ३६० डिग्रीको दृश्य अवलोकन गर्न पाइरहेका छन् ।

केन्ता तोसिमाको नेतृत्वमा जारी गरिएको यो कार्यक्रम मार्फत भ्रमणमा जान नसक्ने जेष्ठ नागरिकहरुलाई जीवन जीउन प्रेरित गराइनुका साथै यात्राको गर्दाको सन्तुष्टि पनि प्रदान गरिएको छ ।

तोसिमाले युनिभर्सिटी अफ टोकियाका लेक्चरर एवम् असिस्टेन्ट प्रोफेसर आसुसी हियामासँगको सहकार्यमा सो प्रविधि निर्माण गरेका हुन् । जसपछि उनीहरुले शारीरिक रुपमा सक्रिय जेष्ठ नागरिकहरुलाई यात्रामा जाँदा ३६० डिग्रीको भिडियो लिन, एडिट गर्न पनि सिकाएका हुन् जुन उनीहरुले हिँडडुल गर्न नसक्ने साथीहरुलाई देखाउन सक्छन् ।

हियामा र तोसिमाका अनुसार यो भिआर ट्राभल प्रोजेक्टले नर्सिङ हेरचाह सेवामा भौतिक पुनर्वाससँग मिलेर काम गरिरहेको छ त्यसैले भिआरमार्फत छुट्टी मनाइरहँदा बिरामीलाई मानसिक र शारीरिक रुपमा मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

यसरी उमेर बढेसँगै हाम्रो शारीरिक र मानसिक क्षमता कम हुँदै गएपनि हामी भिआर प्रविधि मार्फत समाजको अनभूति गरि सहभागीता जनाउन सक्ने हियामा बताउँछन् ।

तपाईको प्रतिक्रिया