Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर तपाईंले आफ्नो स्वास्थ्यस्थितिका बारेमा थाहा पाउनुहुन्छ :

फिक्का पहेंलो
पिसाबको रंग फिक्का पहेंलो छ भने तपाईंको स्वास्थ्य ठीक छ भन्ने संकेत हो । तपाईंको शरीरले राम्रो काम गरिरहेको छ ।
पहेंलो
शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेंलो हुन पुग्छ । टन्न पानी पिउनुभयो भने यो समस्याबाट मुक्ति पाइन्छ ।

गाढा पहेंलो
औषधीको अत्यधिक सेवनले पिसाबको रंग गाढा पहेंलो हुन्छ । कलेजोको समस्या भयो भने पनि पिसाब पहेंलो हुन्छ । तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

दूधजस्तो सेतो
तपाईंको पिसाब दूधजस्तो सेतो छ भने युरिन इन्फेक्सन वा पत्थरी भएको हुनसक्छ । तत्कालै चिकित्सकसँग परामर्श लिइहाल्नुस् ।

रातो वा गुलाफी
कहिलेकाहीँ रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ । तर यी कुरा नखाइकनै तपाईंको पिसाब रातो छ भने रगत आएको हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

सुन्तला रंग
पिसाबको समस्यालाई रोक्नका लागि लिइएको औषधीले पनि पिसाबको सुन्तला रंग हुन्छ ।

तपाईं पिसाबको रंगमा आएको परिवर्तनको कारण थाहा पाइरहनुभएको छैन भने चिकित्सकको सल्लाह लिनुहोला ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया