Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – अहिलेका बालबालिकालाई ‘तँ’ भनेर सम्बोधन गर्नै हुँदैन । तिमी, तपाईं, हजुर भनेर मान मनितो गर्नुपर्छ । आमाबुवाले कडा शब्द बोलेमा उनीहरु रिसाउँछन्, कराउँछन् ।

बच्चाहरु खाना खान मान्दैनन्, समयमा सुत्न मान्दैनन् । खाना ख्वाउनका लागि पनि उनीहरुलाई कर गर्न पर्छ । अनेक लोभ देखाएर, फकाएर खाना ख्वाउनुपर्छ । नभए त घरमा पाकेको खानेकुरामा रुची नै देखाउँदैनन् । जंकफुड खाएरै पेट भर्न खोज्छन् ।

किनभने अहिले धेरैजसो दम्पतीले एक्लो सन्तान हुर्काइरहेका छन् । आमाबुवाले त्यही एउटा बच्चालाई सम्पूर्ण माया दिएका छन् । पुलपुल्याएका छन् । जे माग गर्छन्, त्यही पुरा गरिदिएका छन् । आफुले मागेको सबै कुरा पुरा हुन्छ भन्ने परेको छ बच्चालाई । त्यही भएर उनीहरुले जे चाहन्छन्, तुरुन्त उपलब्ध गराउनुपर्छ ।

अहिलेका बच्चामा धैर्यता छैन । उनीहरुले जे चाह्यो, जतिबेला चाह्यो तुरुन्त उपलब्ध हुनुपर्छ । उनीहरु धै्रर्य गर्न सक्दैनन् ।

सरसर्ती हेर्दा त सबै दोष बच्चाको हो ।  पुलपुलिएका हुन् । बुवाआमाले भनेको टेर्दैनन् । आफ्नो हठ छाड्दैनन् । जिद्दी छन् । उदण्ड छन् ।

निश्चय पनि अहिलेका बच्चा हुर्काउन अभिभावकका लागि कठिन छ । बच्चालाई खुसी राख्न अभिभावकले अनेक प्रयास गर्नुपर्छ । तर, यसको अर्थ यो होइन कि बच्चा नै खराब हुन् । उनीहरु नै सम्पूर्ण दोषको भागिदार हुन् ।

वच्चाको दोष भन्दा पनि उनीहरुलाई हुर्काउने क्रममा गरिएको हाम्रो त्रुटी हो यो । अहिले हाम्रो परिवार टुक्रिएको छ ।

त्यसैले बच्चालाई सानै उमेरदेखि धेरै प्राथमिकता दिएर हुर्काउने नगरौं । सबैकुरा पुरा गरेर माया दर्शाउने नगरौं । आमाबुवाले जे पनि पुरा गरिदिन्छ भन्ने भावनाको विकास हुन नदिऔं । थोरै अभाव, थोरै कष्ट, थोरै समस्यासँग पनि जुध्न सिकाऔं ।

तपाईको प्रतिक्रिया