Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौ – बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय गर्धन तथा ढाड दुख्ने समस्या बढ्दै गइरहेको मेरुदण्डरोग विशेषज्ञले बताएका छन् । उनीहरुका अनुसार गर्धन  र ढाड दुख्ने समस्या पछिल्लो समय रुघाखोकीभन्दा दोस्रो नम्बरमा देखिएको छ ।

जीवनशैलीका कारण देखिएको गर्धन र ढाड दुखाइ जीवनशैली परिवर्तन गरेको एक सातासम्ममा निको हुने हुन्छ । तर एक सातासम्म पनि निको नभएमा तुरुन्त मेरुन्डण्ड रोग विशेषज्ञमा उपचारका लागि जानुपर्ने ट्रमा सेन्टरका वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा.गौरब ढकाल बताउँछन् ।

“गर्धन  तथा ढाड दुख्दा बिरामीले लापरबाही गर्दा गम्भीर समस्या आउने हुन्छ । लामो समयसम्म यस्तो समस्या आएमा मेरुदण्डको क्यान्सरसमेत हुने खतरा हुन्छ,” उनले भने, “गर्धन र ढाड दुखेर उपचार गर्न आउने बिरामीमा लामो समयसम्म एकै स्थानमा काम गर्ने, कम्प्युटरमा बढी समय बिताउने, लामो समयसम्म उभिएर काम गर्ने, नियमित मोटरसाइकल चढ्ने मानिसमा बढी देखिने गरेको छ ।” यस्ता समस्या ग्रामिण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा बढी देखिने गरेको उनले बताए ।

“नियमित एक घण्टा व्यायाम गर्ने, कुर्सीमा बसे काम गर्ने मानिसले करिब आधा घण्टा ४५ मिनेटमा उठेर जीउ तन्काउने, मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण गर्न सकिन्छ,” उनले भने ।

 

तपाईको प्रतिक्रिया