Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

Corruptionकाठमाडौँ – पचरौता नगरपालिकाका इन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन्।

नगरपालिकाभित्र रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवानीपुरको गरिएको कम्पाउण्ड निर्माणको भुक्तानी दिन टिप्पणीमा सही गर्न सेवाग्रहीबाट इन्जिनियर सतराले १५ हजार र नायबसुब्बा थापाले महिला सशक्तीकरणको अनुशिक्षण तालिमको भुक्तानी दिन टिप्पणी उठाउन १४ हजार घुस लिएका कारण पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग डंगालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका इन्जिनियर सतरासँग कुरा मिलाउन कार्यालय सहयोगी महतोले सेवाग्रहीसँग रकम लिएर दिएपछि उनी पनि पक्राउ परेको अख्तियारले जनाएको छ।

नायबसुब्बा थापा जिल्ला विकास समिति बाराका अवकाश प्राप्त कर्मचारी हुन्। उनी नगरपालिकाको योजना शाखामा प्रमुख भएर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया