Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – कालिकोटको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी पाएर परिवार नियोजन गर्ने दम्पति एक लाख रुपैयाँ पुरस्कार दिने भएकाे छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७नीतितथा कार्यक्रम नीति तथा कार्यक्रममा लैंगिक समनताका लागि एक वा दुई छोरी पाएर परिवार नियोजन गर्ने दम्पति एक लाख रुपैयाँ पुरस्कार दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

छोरी मात्र भए भ्रण हत्या, छोराका लागि धेरै छोरी जन्माउने क्रम बढेको भन्दै नीति तथा कार्यक्रममा पुरुस्कार दिने घोषणा गरेको हो । छोरा छोरी समान भएको भन्दै नीति तथा कार्यक्रममा छोरीको छोरा भएको सन्देश दिनका लागि एक वा दुई छोरी मात्र भएका परिवारले परिवार नियोजन गरेमा छात्रवृति प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ पुरुस्कार दिने नीति नगरपालिकाले लिएको उपप्रमुख बिजया बिष्टले बताइन् ।

‘छोराका लागि धेरै छोरी जन्माउने गरेको हाम्रो समाजमा छोरी मात्र जन्माउनेलाई प्रोत्साहन गर्न लागेका छौं’ उनले भनिन्, ‘यसले लैंगिक समानता र छोरीको भ्रूण हत्या पनि रोकिने छ ।’ अहिले छोरी जन्माउने आशामा धेरै बच्चा जन्माउने गरेका कारणले महिलाको ज्यान समेत जोखिममा रहने गरेका कारणले यो कार्यक्रम नगरपालिकाले लागू गरेको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

‘धेरै जन्माउने आशामा धेरै महिलाको ज्यान जोखिम रहेको छ’ उनले भने, ‘यसले छोरी पनि सन्तान हुन भन्ने सन्देश दिने छ ।’ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को ४९ करोड २६ लाख ३० हजार ३६५ रुपैयाँको बजेट ल्याएको र ५० लाख राजश्व उठाउने लक्ष्य राखिएको नगर प्रमुख पाण्डेले बताए ।

नगरपालिकाले कृषिको प्रोत्साहन, नगदे बालीको उत्पादन बृद्धि, पर्यटकीय क्षेत्रको विकास लगायतका क्षेत्रलाई बजेटमा समेटिएको नगर प्रमुख पाण्डे बताए। ‘‘हामीले सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई पहिलो प्राथमिकतामा राखेका छौं’ उनले भने, ‘नगरलाई सुखी र समृद्ध बनाउने हाम्रो प्राथमिकता हो ।’

तपाईको प्रतिक्रिया