काठमाडौँ – मनसुन सक्रिय भएपछि आइतबार रातिको वर्षाले इलामको सन्दकपुर गाँउपालिका ३ र ५ जोडने माइखोलाको निर्माणाधीन पुल बगाएको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो। स्थानीय तहको निर्वाचनको बेला साविक जिल्ला विकास समितिको प्राविधिक कार्यालयमार्फत ०७३/०७४ मा सम्झौता भएर दिवा शंकर त्रिशक्ति जेभीले पुल निर्माणको जिम्मा पाएको थियो। ३ करोड १७ लाख रुपैयाँको लागतमा १ वर्षमा पुल निर्माण सक्ने सम्झौता भएको थियो। तर, सम्झौता अवधिको पुलको आधा पनि काम भएको थिएन।
पुलको दुवैतर्फ पिलर हालेपछि लामो समयसम्म बजेटको समस्या देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थिएन।
सो पुल निर्माणाधीन स्थान हुँदै भारतको दार्जिलिङसँग सिधा सम्पर्क भएकाले राणा शासन कालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ २४, २०७६
प्रकाशित समय: १०:५९:२२