Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – कतारको दोहा हुँदै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका मोरङका लीलाबहादुर बस्नेतलाई प्रहरीले डाइपरमा बटम बनाएर ल्याइएको आधा किलो सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा  डाइपरमा सुन फेला पारेको प्रहरी जनाएको छ। परिसरकाे विशेष सूचनापछि कारबाही थालिएकाे हाे।

प्रहरीले यसअघि समेत त्रिभुवन विमानस्थलबाटै मलद्वारमा सुन लुकाएर ल्याउने तस्करीलाई समातेको थियो । यस्तै, जुत्तामुनि लुकाएर ल्याइएका तथा विभिन्न प्रकारका गहनालाई लेप लगाएर वा नक्कली कभर बनाएर ल्याइएका सुनका गहनासमेत प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो । यसैगरी, तस्करले सुनलाई निल्ने र पछि निकाल्ने उपाय समेत अपनाउँदै आएको पाइन्छ । आइतबार भने प्रहरीले विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित बस्नेतलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया