Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुप अन्तर्गतको फास्टफुड फ्रेञ्चाइज रेष्टुरेन्ट ’लोट्टेरिया’ नेपालमा सञ्चालन गर्नका लागि लोट्टे जीआरएस र हिमालय एनके बीच फ्रेञ्चाइज सम्झौता भएको छ ।

गत मंगलबार काठमाडौंस्थित होटेल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यवसायिक सम्झौता भएको हो ।
सम्झौताका लागि दक्षिण कोरियाबाट लोट्टेका ग्लोबल सीइओ नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल सोमबार काठमाडौं आएका थिए । ४० वर्षदेखि सञ्चालित लोट्टेरियाले हाल दक्षिण कोरिया सहित भियतनाम, म्यानमार, इण्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया र लाओस लगायतका देशहरुमा १ हजार ६ सय भन्दा बढी फ्रेञ्चाइज रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

रेष्टुरेन्ट फ्रेञ्चाइज बिजनेसमा ग्लोबल लिडरको दिशामा अगाडि बढिरहेको लोट्टेरिया चिकेन र बर्गरको लागि विश्वप्रख्यात छ । लगानी र पर्यटन प्रवर्द्धनको लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेसँगै पछिल्लो समय विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरु नेपाली बजारमा लगानीका लागि आकर्षित हुँदै गईरहेका छन् ।

यसै समयमा लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवर्द्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने दावी हिमालय एनकेका अध्यक्ष बिनोद कुँवरको छ । दक्षिण कोरियाको विकास, आधुनिकीकरण र अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको लोट्टे समुहको नेपाल प्रवेशले नेपालको समृद्धिमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा कुँवरको छ ।***

तपाईको प्रतिक्रिया