Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – ऋणमा रहेको भारतीय एयरलाइन्स कम्पनी एयर इन्डिया केन्द्रीय सरकारले एयरलाइन्स नचलाउने बताएको छ । सरकारले एयरलाइन्स बिक्रीका लागि तयारी गर्न लागिएको जनाएको छ ।

सरकारको योजना अनुसार एयर इन्डियाको सतप्रतिशत हिस्सेदारी भारत सरकारले बेच्न सक्ने भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । यसको बिक्रीका लागि सरकारले निर्णय गर्नु पर्ने हुन्छ । लगानी तथा सार्वजनिक सम्पत्ति प्रवर्द्धन सचिव अतानु चक्रवर्तीका अनुसार सरकारले लगानीकर्ता भेटिएमा सतप्रतिशत स्वामित्व हस्तान्तरण गर्न सक्छ ।

सरकारले यसलाई सहजिकरण गर्ने उनले जानकारी दिए । नीति आयोगले केन्द्र सरकारलाई सतप्रतिशत नै सेयर बिक्री गर्न सुझाव दिएको उनले बताए । केन्द्र सरकार एयर इन्डियालाई निजीकरण गर्ने नगर्ने विषयमा अझै टुङ्गो पुग्न सकेको छैन । चार सय ७० अर्ब भारतीय रुपैयाँको ऋणमा डुबेको एयर इन्डियाको अवस्था नाजुक भएपछि सरकारले सेयर बेच्ने निर्णय गरेको हाे ।

एयर इन्डियाका ५ वटा सब्सिडरी र एउटा ज्वाइन्ट भेन्चर गरी कुल २७ हजार कर्मचारी रहेका छन् । यी सबैको ब्यबस्थापन गर्नु सरकारका लागी चुनौतीपूर्ण रहेको छ । एयर इन्डियाको हिस्सेदारी बिक्री गरेसँगै वित्तमन्त्री निर्मला शितारमणले एभियसन क्षेत्रमा वैदेशिक लगानीको सीमालाई समिक्षा गर्ने बताएकी छन् ।

तपाईको प्रतिक्रिया