Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका मुख्य सडक छेउका जग्गाको मूल्य निर्धारण गरेको छ ।

सम्पत्ति कर मुल्याङ्कन प्रयोजनका लागि कायम गरिएको मूल्यमा सबभन्दा महँगो जग्गाको मूल्य आनाको ५० लाख तोकेको छ । महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त मूल्य तोकेको हो । महानगरपालिकाले हनुमानढोका क्षेत्रको, पुरानो महानगरपालिका भवनको न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको आसपासको जग्गाको मूल्य पनि प्रतिआना ५० लाख निर्धारण भएको छ ।

यस्तै, क्षेत्रपाटी क्षेत्र, ठमेल क्षेत्रमा, माइतीघर, जमल, दरबारमार्ग क्षेत्र, रत्नपार्क तथा आरएनएसी आसपासको जग्गाको पनि प्रतिआना ५० लाख मूल्य निर्धारण भएको छ । यस्तै, पुतलीसडक, बागबजार क्षेत्र तथा सभागृहचोक क्षेत्रको जग्गाको मूल्य भने ४० लाख तोकिएको छ । न्युरोडबाट महाबौद्ध हुँदै गणेशस्थानसम्मको बाटोमा पर्ने जग्गाको मूल्य भने प्रतिआना ३६ लाख तोकिएको छ ।

यस्तै, इन्द्र चोक आसपासका क्षेत्रको जग्गाको मूल्य पनि ३६ लाख तोकिएको छ । त्यस्तै महानगरले मुख्यमुख्य सडकको छेउमा पर्ने सबै ठाउँमा जग्गाको मूल्य निर्धारण गरेको छ ।***

तपाईको प्रतिक्रिया