Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने भएको छ ।

मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण संकलन  गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पदाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा नेपाली गौरवको परिचय दिने बताउनुभयो ।

आफूहरुको वर्तमान कार्यकालभित्र सक्ने यस महत्वाकांक्षी योजनाका लागि ठूलै रकम चाहिने भएकाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरी बजेट विनियोजन हुन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । यसमा सघाउन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिबद्धता दिइसक्नुभएको बताइएको छ ।

यसैबीच प्रतिष्ठानले आगामी अक्टोबर १५ देखि २० सम्म काठमाडौंमा दोस्रो चीन–दक्षिण एशिया साहित्य सम्मेलन गर्ने र यसबाट अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार हुने जनाएको छ ।  ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया