काठमाडौँ – झापाको मेचीनगर नगरपालिका-६ बाट अन्दाजी ५ लाख मुल्य बराबरको अवैध औषधि वरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पौने ७ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ओरियन्स कम्पनीको नाम लेखिएका औषधि वरामद गरेको हो।
टोलीले ५ लाख मुल्य बराबरको विभिन्न किसिमका २ कार्टुन औषधि वरामद गरेको हो। वरामद भएको औषधि आवश्यक कारवाहीको लागि मंगलबार औषधि व्यवस्था विभाग बुुझाइने इलाका प्रहरी कार्यालय काकभिट्टाले जनाएको छ।